काठमाडौं, चैत १७/ उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले नेपाली कांग्रेसका पुराना नेता मार्सल जुलुम शाक्यको स्वास्थ्य अबस्थाबारे जानकारी लिएका छन् । गृहमन्त्री निधिले अस्पताल पुगेर उहाँको स्वास्थ्य अबस्थाबारे जानकारी लिएका हुन् । मस्तिष्कघातले सिकिस्त भएपछि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना भएका भएका नेता शाक्यको राजधानीको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।
अस्पताल जानुअघि गृहमन्त्री निधिले प्रधानमन्त्री पुष्पकमल दाहालसंग शाक्यको उपचारमा सरकारले गर्ने सहयोगबारे कुराकानी गरेका थिए । प्रधानमन्त्री दाहालसंगको कुराकानीपछि गृहमन्त्री निधिले सरकारका तर्फबाट शाक्यको उपचारका लागि रु. १५ लाख सहयोग गरिने बताए । फागुन २० मा नर्भिक अस्पताल लगिए पनि स्वास्थ्य नसुधारिएपछि चैत ४ मा उनलाई ग्रान्डीमा भर्ना गरिएको थियो । उनि मुटु र मृगौला रोगबाट पीडित छन् ।
उपप्रधानमन्त्री निधिद्धारा कांग्रेस नेता मार्सलको स्वास्थ्यबारे जानकारी
प्रकाशित मिति : २०७३ चैत्र १७ गते बिहिवार
प्रतिक्रिया