२०८२ माघ २ गते शुक्रवार

सिंहदरबारको चिराग……

उदयीहरुको आर्तनाद थियो आमा !!
निर्मल अनि अटल बनोस्।।
शासकहरुको चेत खुलोस्
संकल्प र सपना जोडियोस्
भ्रष्टहरुको भेद खुलोस् ।।

उदयीहरुको आर्तनाद थियो आमा……….

नियोजितको मन्त्र फुकियो आमा !!
निर्दोष नानीहरु अस्ताय ।।
चतुरेहरु भागे
लाटोलठेप्राहरु सुस्ताय
स्वाँठहरु जागे ।।

नियोजितको मन्त्र फुकियो आमा……….

इतिहासको इतिश्री गरियो आमा !!
अस्तित्व अचेत भयो ।।
राष्ट्रिय सुरक्षाको जग भासियो
सर्वस्व स्वाहा भयो
स्वाभिमानको बगैँचा मासियो।।

इतिहासको इतिश्री गरियो आमा……….

कान्तिमा अँध्यारो छायो आमा !!
सन्तान सन्तान रहेनन् ।।
छुल्याहा र छद्मभेषी भए
हुल्याहा संयम भयनन्
ब्वाँसाहरुका बास फेरियो ।।

कान्तिमा अँध्यारो छायो आमा……….

सगरमाथाको शिर निहुरियो आमा !!
पशुपतिका पाउ डगमगाय ।।
बुद्धको अन्तस्करण दुख्यो
स्वयम्भूका आँखा तिलमिलाय
सिंहदरबारको चिराग निभ्यो ।।सगरमाथाको शिर निहुरियो आमा……….

…….. मदन बस्नेत

प्रकाशित मिति : २०८२ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया