पश्चिम शान्तीनगरमा रहेको सुन्दरादेवी मन्दिरको गुरुयोजना तयार पारिदै

दिपक बोहरा , १७
पश्चिम दाङ शान्तिनगरमा रहेको सुन्दरादेवी शक्तिपिठ मन्दिरलाई पर्यटकको आक्रर्षणको केन्द्र बनाउन पहल थालिएको छ । ओझेलमा परेको मन्दिरलाई पर्यटनको आर्कर्षणको केन्द्र बनाई आर्थक सम्बृद्धि गर्नकालागि पर्यटन पत्रकार संघको संयोजनमा एक बिज्ञ टोली त्यहाँ पुगेको हो । शान्तिनगर गाउपालिका ३ सुकेकोटमा रहेको मन्दिरमा पुगी ईञ्जिनियर, अर्थशास्त्री, समाजशास्त्री, मन्दिर ब्यबस्थापन समितिका पदाधिकारीलगायतको टोलीले मन्दिरलाई आकर्षणको केन्द्र बनाउन गुरुयोजना तयार पारेको छ ।

त्यहाँ अहिलेको मन्दिरको घर ठुलो बनाउने , सडक बिस्तार गर्ने, मन्दिरको चारवटैदिशामा रहेका गेटबाट सिडि निर्माण गरी मन्दिर सम्म पु¥याउन, मन्दिर परिसर वरिपरी पर्खाल निर्माण गर्न, मन्दिर परिसरमा भ्युटावर निर्माण गर्न, धर्मशाला, शौचालय, गणेशको मन्दिर निर्माण, पानी ट्याङ्की निर्माण गर्न, कम्पाउण्ड निर्माण गर्नलगायतका योजना पुरा गर्न गुरुयोजना बनाउन लागिएको ईञ्जिनियर योगेन्द्र केसीले बताए ।

सोही मन्दिरमा गएर भक्तजनले आफुले ईच्छाएको चिज मागेपछि बर प्राप्त हुने जनबिस्वास रहेको छ । मन्दिर लेकमा रहेको र वरपरको हराभरा जंगलले गर्दा पर्यटककहरुलाई मन्दिरको आकर्षणको केन्द्र बन्न सक्ने पर्यटन पत्रकार संघका केन्द्रिय अध्यक्ष धनिराम शर्माले बताए । साथै त्यहाँबाट शिस्ने हिमाल, मुक्तिनाथ, धौलागिरी, माछापुच्छ्रे , जलजलालगायतका हिमाल देख्न सकिन्छ ।

त्यस्तै दाङका प्रमुख बजार घोराही, तुलसीपुर , नारायपुरलगायतका दाङको सम्पुर्ण भु–भागको अबलोकन गर्न सकिने भएकाले पर्यटनको राम्रो सम्भाबना भएको शर्माले बताए । त्यहाँ पञ्चमी देखी अष्टमी सम्म बर्षमा दुई पटक मेला लाग्ने गरेको पुर्ब मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष अर्जुन बिकले बताए । त्यस्तै पर्यटन भित्रिएसंघ त्यहाँका बासिन्दाले होमस्टे सञ्चालन गरी स्थानिय परिकार खुवाउन सक्ने हो भने पर्यटकको थप आर्कषणको केन्द्र बन्न सक्ने समाजशास्त्री गोपाल बुढाथोकीले बताए । त्यसबाट आम्दानीको एउटा राम्रो स्रोत बन्ने अर्थशास्त्री योगेन्द्र थापाले बताए । त्यहाँ मगर दलित समुदायका २०\२२ घरपरिवारको बसोबास रहेको छ ।

प्रकाशित मिति : २०७३ चैत्र १७ गते बिहिवार
प्रतिक्रिया