
काठमाडौँ, २९ जेठ । रौतहटको बहुचर्चित इँटा भट्टा काण्डमा अभियुक्त अफताब आलमलाई सफाइ दिने उच्च अदालतका न्यायाधीश खुशीप्रसाद थारु बिहीबार जनआक्रोशको शिकार बने। वीरगञ्जस्थित जिल्ला अदालत परिसरमै प्रवेश गरेका नेकपा बहुमतसम्बद्ध कार्यकर्ताहरूले उनलाई कालोमोसो दलेर विरोध जनाए। दावी अनुसार, २०६४ सालको संविधानसभा निर्वाचनताका आलमको घरमा बम विस्फोट हुँदा घाइते भएकाहरूलाई जिउँदै इँटा भट्टामा जलाएर मारिएको थियो। रौतहट जिल्ला अदालतले आलमलाई दोषी ठहर गर्दै सजाय सुनाएको थियो। तर, हालै जेठ १४ गते उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले उक्त फैसला उल्ट्याउँदै आलमलाई सफाइ दिएको थियो ।
उक्त निर्णयपछि सामाजिक सञ्जालदेखि सडकसम्म आलोचना चुलिएको थियो। सोही असन्तुष्टिको रूप बिहीबार मोसो प्रकरणका रूपमा देखियो । जनताको कर खाने, जनताको विरुद्धमा फैसला गर्न पाइँदैन,’ भन्दै विरोध प्रदर्शनकारीहरूले अदालतभित्रै नाराबाजी गर्दै थारुसहितका केही अदालत कर्मचारीमाथि दुव्र्यवहार पनि गरेका थिए।
पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी सुमन कार्कीले घटनाबारे भर्खरै मात्र जानकारी पाएको जनाउँदै आवश्यक अनुसन्धान अघि बढाउने बताएका छन ।
थारुका सहन्यायाधीश अर्जुन महर्जनको इजलासबाट आएको सफाइको फैसलाले फेरि एकपटक न्यायप्रणालीप्रतिको जनविश्वास डगमगाएको देखिन्छ ।