नाराबाजीपछि अनेरास्ववियुको नेतृत्व चयन,अब मतदानबाट

काठमाडौं, जेठ २७ – नेकपा एमालेसम्बद्ध अनेरास्ववियुको २४औं महाधिवेशन सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि अब मतपेटिकामार्फत नयाँ नेतृत्व छानिने भएको छ। अध्यक्ष पदका पाँच आकांक्षीबीच प्रतिस्पर्धा हुने भएको छ।

कीर्तिपुरमा जारी महाधिवेशनमा अध्यक्ष पदका लागि सुजन कडरियाको नाम प्रस्ताव गरिएको बेला हलमै नाराबाजी चर्किएपछि सहमतिमा नाम टुंग्याउने प्रयास भंग भएको थियो। त्यसपछि निर्वाचन समितिले औपचारिक रूपमा कार्यतालिका सार्वजनिक गर्दै मतदान प्रक्रिया अघि बढाएको हो। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको समर्थन कडरियातर्फ देखिए पनि समावेशीता र संगठनभित्रको आन्तरिक सन्तुलन मिलाउन नसकिएपछि सहमतिको सम्भावना टुटेको हो।

मतदान भोलि बिहान, आज उम्मेदवारी प्रक्रिया

निर्वाचन समितिका अनुसार उम्मेदवारी फारम आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म वितरण हुनेछ भने ४ बजेदेखि ६ बजेसम्म दर्ता गर्न सकिनेछ। प्रारम्भिक उम्मेदवार नामावली राति ८ बजेसम्म प्रकाशित गरिनेछ।

मतदान भने भोलि (जेठ २८) बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।

पाँच अध्यक्ष आकांक्षी

अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न इच्छुक पाँच नेताहरु

  • दीपक धामी

  • प्रकाश पौडेल

  • आरती भट्टराई

  • अञ्जना सिवाकोटी

  • सुजन कडरिया

प्रकाशित मिति : २०८२ जेष्ठ २८ गते मङ्गलवार
प्रतिक्रिया