दाङमा लागु औषधसहित ३ जना पक्राउ

दाङमा लागु औषधसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गढवा गाउपालिका ६ प्रगतिनगर बस्ने बर्ष २२ को लक्ष्मण बिष्ट, गढवा ४ अजगढवाका अन्दाजी ३९ बर्षको भन्साराम यादव र गढवा ६ थानदेउखुरी बस्ने बर्ष ३७ को सदान मनिहार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं सूचना अधिकारी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार कोईलाबास देखी गढवा तर्फ आउदै गरेकोलु.९६ प ८८९३ नं.को मोटरसाइकलाई रोकी चेकजाच गर्ने क्रममा चालक लक्ष्मण बिष्टको शरिर खानतलासी गर्दा उनको शरिरमा लुकाई छिपाई राखेको लागु औषध ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक सहित ८ ग्राम ८३० मिलिग्राम प्लाष्टिक हटाई शुद्ध तौल गर्दा ६ ग्राम ४६० मिलिग्राम लागु औषध ब्राउन सुगरसहित पक्राउ गरिएको हो । पक्राउ परेकालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।।

प्रकाशित मिति : २०८२ जेष्ठ २६ गते आइतवार
प्रतिक्रिया