
दाङ, २४ जेठ । माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्षमा तुलसीपुरका पुष्प ओली सर्वसम्मत चयन हुनुभएको छ । काठमाडौंमा भएको तेस्रो सम्मेलनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको माओवादी केन्द्रीय सदस्य एवं वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
अध्यक्षमा केयरसिंह कुँवर, पुष्प ओली, गणेश शाही, कर्म पुलामी र नवराज ऐरलगायत आकांक्षींरहे पनि अन्ततः ओलीको नाममा सहमति बनेको हो । वाईसीएल ४० वर्षमुनिका युवाको संगठन हो । पुष्प वली दाङको तुलसीपुर उपमहागनरपालिका–८ कटकुइयाँ निवासी हुनुहुन्छ ।
प्रकाशित मिति : २०८२ जेष्ठ २५ गते शनिवार