
तुलसीपुर, २२ जेठ — प्रेस चौतारी नेपालले नेतृत्व सम्हाल्ने नयाँ अनुहारहरूलाई जिम्मेवारी तोकेको छ । केन्द्रीय कमिटीको निर्णयअनुसार चौतारीका केन्द्रिय सदस्य दुर्गालाल केसीलाई दाङ र रोल्पाको इन्चार्जको जिम्मेवारी दिइएको छ ।
जसले केसीको कार्यक्षेत्र थप फराकिलो बनाएको छ । यसअघि रुकुम र दाङको जिम्मेवारी सम्हालेका केन्द्रीय सदस्य गणेश आचार्यलाई लुम्बिनी प्रदेशको सहइन्चार्ज तोकिएको छ । नयाँ नेतृत्वसँगै प्रेस चौतारीले संगठन विस्तार र सशक्तिकरणको यात्रामा नयाँ गति लिने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति : २०८२ जेष्ठ २३ गते बिहिवार