
काठमाडौं २२ जेठ, । म स्तब्ध भएँ। कल्पना समेत गरेको थिइनँ । सिमरा विमानस्थलमा पत्रकारहरूसँग छोटो कुरा गर्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको आवाजमा स्पष्ट पीडा झल्किएको थियो ।
पतञ्जलि जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि रौतहटबाट काठमाडौं फर्किंदै गरेका नेपालले आफूमाथिको आरोपलाई ‘पूर्वाग्रही’ भन्नु भएको छ ।
मैले कसैबाट एक पैसा पनि लिएको छैन, उहाँले जोड दिनुभयाे, न त मैले कुनै मन्त्रीलाई कानुनविपरीत निर्देशन दिएको छु । नेपालले प्रधानमन्त्री भएका बेला आफ्नो कुनै पनि निर्णय कानूनको सीमाभित्रै रहेको दाबी गर्नुभयो । उहाँले यो मुद्दामा आफूलाई जोड्ने प्रयासलाई ‘पूर्वाग्रही दृष्टिकोण’ को परिणाम भएको बताउनुभयो । विशेष अदालतमा दायर मुद्दामा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाइएको छ । नेपाल आजै काठमाण्डौ फर्किनु भएको छ ।