तुलसीपुरमा आफ्नै साथीको कुटपिटबाट घाइते भएका एक बालकको मृत्यु

तुलसीपुर, १९ जेठ ।  दाङको तुलसीपुरमा आफ्नै साथीको कुटपिटबाट घाइते भएका एक बालकको उपचारकै क्रममा मृत्यु भएको छ । यही जेठ १९ गते आफ्नै साथीको कुटपिटबाट घाइते भएका रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका घर भई अहिले तुलसीपुर–८ दूधेनामा बस्दै आएका १४ बर्षीय विराज गिरीको उपचारकै क्रममा नर्सीङहोम नेपालगञ्जमा मृत्यु भएको हो । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवास्थित सक्सेस बोर्डिङ स्कुल अगाडि मृतक गिरी र १५ वर्षीय यज्ञ वलीबीच सामान्य विवादका क्रममा झैँ–झगडा हुँदा वलीको कुटपिटबाट गिरी गम्भीर घाइते हुनुभएको थियो ।

घाइतेको टाउकोमा लागेको चोटका कारण बेहोस अवस्तामा रहेकाले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी नेपालगञ्ज लगिएकोमा उपचारकै क्रममा नर्सीङहोममा आज बिहान ३ बजेको समयमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । घटना लगत्तै कुटपिटमा संलग्न यज्ञ वलीलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको उहाँले बताउनुभयो ।।

प्रकाशित मिति : २०८२ जेष्ठ २३ गते बिहिवार
प्रतिक्रिया