किवानीज क्लब तुलसीपुरले दियो दुर्गम क्षेत्रका विद्यार्थीलाई शैक्षिक सामग्री

तुलसीपुर, १० जेठ । किवानीज क्लब डायनामिक तुलसीपुरले दुर्गम क्षेत्रमा रहेका ६५ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । तुलसीपुर उपमहानगरपालिका भित्र परे पनि विकट पहाडी तथा दुर्गम क्षेत्र मानिएको माध्यामिक विद्यालय प्रतापकोटका विद्यार्थीलाई १ लाख २० हजार बराबारको शैक्षिक सामग्री वितरण गरिएको हो ।

कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई व्याग, कलम र रेनकोट वितरण गरिएको क्लबका उपाध्यक्ष टोपबहादुर घर्तीले जानकारी दिनुभयो । शैक्षिक वितरण कार्यक्रम क्लबका अध्यक्ष ललित जंग शाहको अध्यक्षतामा भएको थियो । सो अवसरमा शैक्षिक सामग्री प्राप्त गर्ने विद्यार्थी र अभिभावकहरु खुशी भएका थिए ।कार्यक्रममा क्लबका विभिन्न पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८२ जेष्ठ १० गते शनिवार
प्रतिक्रिया