तुलसीपुरमा कोठा भित्रै बेहोस अवस्थामा भेटिएका दुईबहिनिको उपचारकै क्रममा मृत्यु

तुलसीपुुर, ९ जेठ ।  दाङको तुलसीपुरमा कोठा भित्रै बिष सेवन गरेर अचेत अवस्थामा पुगेका दुई दिदि–बहिनिको उपचारकै क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिका–११ बाँफुखोला घर भई अहिले दाङको तुलसीपुर–७ स्थित गैरापातुमा कोठा भाडामा बस्ने १८ बर्षीया दिपु परियार र उनकी बहिनि १७ बर्षीया दिपा परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार उनीहरुले गएराती सवा ९ बजेको आफु बस्दै आएको कोठा भित्रै नाम नखुलेको बिषादी सेवन गरेर अचेत भएका थिए । त्यसपछी उनीहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार गरेर थप उपचारका लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही रिफर गरिएको थियो । उपचारकै क्रममा राती साढे ११ बजेको समयमा दिपुको घोराहीमा मृत्यु भएको हो ।

घोराहीमा पनि उपचार सम्भव नभएपछी दिपालाई थप उपचारका लागी राती साढे २ बजे नर्सीङहोम नेपालगञ्ज रिफर गरिएको थियो । उपचारकै क्रममा दिपाको पनि आज बिहान पौने ४ बजेको समयमा नर्सीङहोम मृत्यु भएको प्रहरीले जनाएको छ । बिष सेवन गर्नुको एकिन कारण खुल्न नसकेपनी आफन्त स्रोतका अनुसार प्रेम सम्बन्धकै कारण घटना भएको बताइएको छ । पारिवारिक स्रोतका अनुसार दिदिले पहिले बिष सेवन गरेपछी आफुलाई समाल्न नसकेर बहिनिले पनी बिष सेवन गरेको पाइएको छ । नाताले उनीहरु दुईबहिनिका छोरी रहुन् ।।

प्रकाशित मिति : २०८२ जेष्ठ ९ गते शुक्रवार
प्रतिक्रिया