मोटरसाइकल दुर्घटना हुँदा दाङका एक जनाको मृत्यु

दाङ,५ जेठ । गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको गढवा गाउँपालिका–३ गोबडियाका २७ वर्षीय निशान चौधरी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।

गुल्मीको रेसुङ्गा नगरपालिका–६ अन्तर्गत सिमाहाघाटबाट सदरमुकाम तम्घास आउने क्रममा लु ९७ प ७४७९ नम्बरको मोटरसाइकल गएराति दुर्घटना भएको हो । दुर्घटनापछि चौधरी सडक छेउको नालीमा पल्टिरहेको अवस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ । मृतक चौधरी इन्द्र एम के जेभी निर्माण सेवामा सब–इन्जिनियरका रूपमा काम गर्दै आउनुभएको थियो ।

प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते सोमवार
प्रतिक्रिया