दाङको राप्ती गाउँपालिकामा फोहरबाट इन्टरलक र टायल उत्पादन शुरू

दाङको राप्ती गाउँपालिकामा फोहरबाट इन्टरलक र टायल उत्पादन गर्न शुरू भएको छ । राप्ती गाउँपालिका–२ पुण्यपुरमा प्लास्टिकजन्य फोहरबाट इन्टरलक र टायल उत्पादन शुरू भएको हो । पालिकाभित्रको प्लास्टिकजन्य फोहरबाट मोहर बनाउने अभियान अनुसार यो कार्य गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।

फोहरमुक्त पालिका निर्माणका लागि पालिकाले इको फ्यामिली प्रालि हेटौँडासँग सहकार्य गरेको हो । अध्यक्ष विष्टले फर्निचरजन्य सामग्रीसँगै टाँक, कपडाबाट कपास र जैविक वस्तुबाट मल उत्पादनको तयारी भइरहेको पनि जानकारी दिनुभयो । स्वच्छ र हरित पालिका निर्माण गर्नुका साथै अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।।

प्रकाशित मिति : २०८१ चैत्र १२ गते मङ्गलवार
प्रतिक्रिया