
देउखुरी ९ चैत । नेपाल थारू संघको प्रथम दाङ्ग जिल्ला अधिवेशन लमही ३ जखेरातालमा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। नेपाली काँग्रेसको भातृ संगठनका रूपमा काँग्रेसको विधान अनुसार २०७९मा नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको निर्णय अनुसार गत कार्तिकमा दाङ्ग जिल्ला तदर्थ समितिको सभापति पदमा शेषदत्त चौधरी मनोनीत हुनु भएको थियो । नेपाल थारु संघको विधान अनुसार दाङ्ग जिल्ला का १०० वडा मध्ये घोराही उपमहानगर पालिका १ र १७ बाहेक ९८ वटा वडामा अधिवेशन द्वारा नयाँ कार्यसमिति चयन गरिएको छ। त्यसैगरी १० पालिका मध्ये बङ्गलाचुली बाहेक ९ वटा पालिका,६ वटै प्रदेश समिति र ३ वटा निर्वाचन क्षेत्रीय समिति मध्ये निर्वाचन क्षेत्र नं३मा विविध कारणले अधिवेशन सम्पन्न हुन नसकेको तदर्थ समिति सभापति शेषदत्त चौधरीले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै जानकारी गराउनु भयो ।
नेपाल थारू संघ दाङ्ग प्रथम जिल्ला अधिवेशनको सभापति शेषदत्त चौधरी प्रमुख अतिथि संविधान सभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य माननीय योगेन्द्र चौधरी ,अतिथि नेपाली काँग्रेस दाङ्गका सचिव अर्जुन योगि ,महासमिति सदस्य अनुप थापा ,क्षेत्र नं १९२० प्रदेश सभापति दिनेश गिरि ,नेपाली काँग्रेस क्षेत्रीय सचिव खेम चौधरी ,क्षेत्र नं १९१० सचिव गोबिन्द वली, पुर्व सभापति बासुदेव जंगली लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रमका प्रमुख अतिथि चौधरीले संघर्षबाट प्राप्त विरासत जोगाउँदा थारु समुदाय तथा नेपाली काँग्रेस समग्र राष्ट्रको हितमा परिणाम ल्याउन सकिने बताउनु भयो ।दाङ्गका सचिव योगिले छोटो समयमा तदर्थ समितिले थारु समुदायको टोल बस्तीमा पुगि संगठन निर्माणमा विशेष भुमिका खेल्ने बताउनुभयो । सो अवसरमा लमही नगरपालिका प्रमुख जोगराज चौधरीले नेपाली काँग्रेस सबै वर्ग समुदायको हितमा भातृ संगठन गरे झैँ नेपाल थारु संघ गठन गरेकोमा खुसी व्यक्त गर्नु भयो ।
यसैविचनेपाली काँग्रेसका पुर्व क्षेत्रीय सभापति बासुदेव जंगली संयोजक रहेको निर्वाचन मण्डलमा जिल्ला सदस्य गड्डुलाल चौधरी तथा गोबिन्द वलीले नेपाल थारू संघ २०७९ को विधान अनुसार निर्वाचन सम्पन्न गराइ १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। नेपाल थारू संघको प्रथम अधिवेशन बाट सभापति शेषदत्त चौधरी ,उपसभापति द्वय लालबहादुर चौधरी ,शोभाराम चौधरी ,सचिव द्वय फागुराम चौधरी ,राजेश चौधरी ,कोषाध्यक्ष उषा चौधरी ,सहसचिव द्वय उमा चौधरी ,जनार्दन चौधरी , सदस्यहरु दिलिप चौधरी ,विक्रम चौधरी ,हेमा चौधरी ,शिव चौधरी ,चिन्ता चौधरी ,जग्गु प्रसाद चौधरी ,सुनिता चौधरी ,शोभिराम चौधरी र निर्मला चौधरी रहेका छन् । खुल्ला सत्रको सहजीकरण तदर्थ समिति सचिव फागुराम चौधरीले गर्नु भएको थियो ।