हिजो उता सोझालाई कजाउँदै रमाउँदै उनीहरु यता !
खेद्न लखेट्न असाध्य मन छ हाम्रो रुप फेरेर बसेका नदेखिउन यता !
सफेद वस्त्रमा थिए उनै हिजो,आज पित वस्त्रमा सजिएका छन् ।
हामीलाई लाग्यो कि हाम्रो दृष्टिदोष हो या उनैले काँचुलि फेरे छन् ।
समाजसेवी नेतृत्व नभनु कसरी समाजमा दुरुस्त देखिन्छन् ।
मानव हितमा कर्म गरौँ भन्दा बहाना बनाउँदै जिम्मेवारी छोड्छन्
सेवाको नाममा लुटे थुते सबै सके देशलाई नाङ्गो बनाइ छोडिदिए।
होइन भनुँ कसरी उनै हुन् रुप फेरेर देश खोक्रो पारिदिए।
रुप बदल्ने हरु सामु हामी निरिहले
के गरि साध्य हुन्छ र ?
परिस्थिति मौसम अनुरुप बदल्ने हरुको पछाडि दौडि साध्य हुन्छ र ?
सहारा विहीन हामी न्याय गुहार माग्छौं रुप बदल्ने हरुसंग !
हामी तितो सत्य वचनको लडाइँ सधैं गर्छौं जितेर हार्छौं रुप बदल्ने हरुसंग!
विजेता दुत भुत हुन् समाजका सधैं
अगाडि उनीहरु !
राम,हराम दास जस्तै देखिने शोषक परिजिवि हुन् उनिहरु !
पदार्थ जस्तै अनेक रङ्ग उनिहरुको बोलि अनेक सिपले फेर्छछन् !
हामीले हेर्दाहेर्दै कलात्मक रूपमा सहजै सदैव रुप फेर्छछन् !
जिउँदो छँदा कुटनैतिक अपमान लासमा प्रमाण दयालु देखिने उनिहरु !
ताप लिन प्रतापिजनको सलाममा सधैं अधि मायालु देखिने उनिहरु!



