तालमा डुबेर दुई बालकको मृत्यु

मकवानपुर  ।

मकवानपुरको उत्तरीक्षेत्रमा रहेको इन्द्रसरोवर तालमा शुक्रबार साँझ दुई बालकको डुबेर ज्यान गएको छ । इन्द्रसरोवर गाउँपालिका–१, कुलेखानीमा रहेको इन्द्रसरोवर तालमा पौडी खेल्ने क्रममा दुई बालकको डुबेर ज्यान गएको हो । इन्द्रसरोवर–१ बस्ने पुष्करबहादुर थिङका १२ वर्षीय छोरा समीर र थाहा नगरपालिका–९, बस्ने विश्वरुप आलेका आठ वर्षीय छोरा चन्द्रबहादुरको ताला डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बुद्धीराज गुरुले बताउनुभयो ।

शवको पोष्टमाटर्म शनिबार भएको छ ।

प्रकाशित मिति : २०७५ असार २३ गते शनिवार
प्रतिक्रिया