तुलसीपुर, २३ असार । एकीकृत नेपाल राष्टिय विश्वकर्मा समाजको प्रदेश नं ५ स्तरिय भेला दाङको तुलसीपुरमा हुदै छ । एकीकृत नेपाल राष्टिय विश्वकर्मा समाजको आयोजना तथा विश्वकर्मा समाज जिल्ला समन्वय समिति दाङको व्यवस्थापनमा आज तुलसीपुरमा भेला हुने समाज दाङका सचिव किरण विश्वकर्माले जानकारी दिएका छन् ।
उनका अनुसार तुलसीपुर उपमहानगरपालिकाको सभाहलमा ११ वजे हुने प्रदेशस्तरिय भेलाको प्रदेश सभामुख पुर्ण घर्तिले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
भेलामा प्रदेश सभामुख घर्ति सहित समाजका केन्द्रिय अध्यक्ष गोपाल प्रसाद विश्वकर्मा लगाएतका अतिथिहरु दाङ आउन लागेका छन् । प्रदेश स्तरिय भेलामा १२ जिल्ला विश्वकर्माहरुको सहभागिता रहने समाजका केन्द्रिय सदस्य शम्भु विश्वकर्माले जानकारी दिएका छन् ।
कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर काम गरेका तथा समाजमा योगदान पु¥याएका विश्वकर्मा व्यक्तिहरुलाई सम्मान समेत गरिने आयोजकले बताएको छ । साथै उक्त भेलाले प्रदेश स्तरिय विश्वकर्मा समाज समिति गठन गर्ने कार्यतालिका भएको हुदा उपस्थितिका लागी आयोजकले सवै विश्वकर्माहरुलाई अपिल समेत गरेको छ ।।