तुलसीपुर,२३ असार ।
बाँकेको डुडुवा गाउँपालिकाका इन्जिनियर तेजराज खड्कालाई एक लाख घुस रकम सहित अख्तियारले पक्राउ गरेको छ । इन्जिनियर खड्काले सोही गाउँपालिकाको हिरमनियाँको माटो पटान तथा ग्राभेल सडक निर्माणको कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिंदै गर्दा पक्राउ गरिएको हो ।
खड्कालाई घुस रकमसहित नेपालगन्जको विपीचोकबाट पक्राउ गरी अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले जानाएको छ ।
प्रकाशित मिति : २०७५ असार २३ गते शनिवार