सरकारले चालु आर्थिक वर्षमा १ हजार जनालाई स्टार्टअप कर्जा दिने

काठमाडौँ, १२ फागुन । सरकारले चालु आर्थिक वर्षमा १ हजार जनालाई स्टार्टअप कर्जा दिने तयारी गरेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ मा स्टार्टअप कर्जाका लागि भौतिक र अनलाइनका माध्यमबाट ५ हजार १ सय ५८ वटा प्रस्ताव परेको छ । आर्थिक वर्ष आर्थिक वर्ष २०८०/०८१ अर्थात पहिलो चरणमा १ सय ७८ परियोजनाले कर्जा पाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

चैत महिना भित्र कर्जा वितरण गर्नेगरि काम भइरहेको मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले सीआईएनसँग बताउनुभयो । स्टार्टअप कर्जा न्यूनतम ५ लाखदेखि अधिकतम २५ लाख रुपैयाँसम्म सहुलियत ब्याजदरको कर्जा दिइने छ । कर्जा अवधि अधिकतम पाँच वर्षको हुनेछ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १२ गते सोमवार
प्रतिक्रिया