बबई नदिमा भेटिएको शवको अझै सनाखत भएन

तुलसीपुर, २१ असार । दाङको बबई नदि किनारमा मंगलवार भेटिएको शवको अझै सम्म पहिचान हुन सकेको छैन । तुलसीपुर वडा नं. १४ डवाङपुर स्थित बबई नदिको किनारमा फेला परेको अन्दाजी ६०÷६५ वर्षिय बृद्धको अहिले सम्म पनि पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उक्त शवलाई राप्ती अन्चल अस्पताल तुलसीपुरमा राखीएको छ । खोला तर्ने क्रममा केहि दिन अघि आएको वाढिले बृद्धलाई बगाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : २०७५ असार २१ गते बिहिवार
प्रतिक्रिया