तिर्थराज ज्ञवाली, २० असार मसुरीया (दाङ) ।
राप्ती गाउँपालिका वडा नं ६ को आयोजनामा जेष्ठ नागरिकहरुका लागि आखा तथा स्वास्थ्य चेकजाच निशुल्क स्वास्थ्य शिविर बुधवार पत्थरगढवामा सम्पन्न भएको वडा न. ६ का अध्यक्ष बेद प्रसाद चौधरीले जानकारी दिनुभएको छ । आखा तथा स्वास्थ्य चेकजाच निशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदिले राप्ती गाउँपालिका नागरिकहरुको स्वास्थ्य प्रति सजग रहेको तथा सहज स्वास्थ्य सेवा पुराउन राप्ती गाउँपालिकाले पाँच स्थान वाट सुलभ सेवा दिईरहेको र आकस्मीक तथा आवस्यकता अनुसार शिविर पनि वडागत रुपमा संञ्चाल गदै आएको हुदा प्रारम्भिक स्वास्थ्य सेवा पाएक पर्ने स्थानवाट लिन समेत आग्रह गर्नुभएको छ ।
आखा तथा स्वास्थ्य चेकजाच निशुल्क स्वास्थ्य शिविर उद्घाटन कार्यक्रम वडा अध्यक्ष बेद प्रसाद चौधरीको अध्यक्षता, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदिको प्रमुख आथित्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी तथा प्रवक्ता विद्याशरण चौधरीको विशिष्ठ आथित्यतामा कार्यक्रम उद्घाटन गरिएको थियो ।
लमहि आखा अस्पतालका आखा विशिषज्ञ लाल बहादुर चौधरी तथा नेपालगंज मेडिकलका डाक्टर प्रज्वल श्रेष्ठ को टिमबाट स्वास्थ्य चेकजाच तथा आखा चेकजाच गरिएको आखा तथा स्वास्थ्य चेकजाच निशुल्क स्वास्थ्य शिविरमा एक सय असी वढि जेष्ठ नागरिक तथा अन्य नागरिकले स्वास्थ्य चेकजाच गरि ल्याव सहितको सेवा प्राप्त गरेको राप्ती गाउँपालिका वडा न ६ का वडा सचिव मंगल प्रसाद चौधरीले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति : २०७५ असार २० गते बुधवार