भालुवाङ २० असार । राज्यबाट समुदायले संरक्षण गर्ने गरी जिम्मा दिएको र समुदायले नै रेखदेख गरिरहेको एक सामुदायिक वनमा उपभोक्ताहरु बीचको विवादले विगत चार वर्षदेखि वनको भविष्य नै अन्यौलमा परेको छ । यसरी विवादमा झेलिएको बन समुह हो देउखुरीको राप्ती गाउँपालिका–१ भालुवाङ स्थित राप्ती सामुदायिक वन समुह । बन समुहका उपभोक्ताहरु वन खण्डीकरण गरेर भागबण्डाको योजनामा समेत लागेका छन् । वनलाई टुक्र्याई छुट्टै सामुदायिक वन दर्ता गराउन माग गरी चैते माछीताल गाउँका उपभोक्ताहरुसंगको विवाद अहिले पनि कायमै रहेको छ ।
२०५१ सालमा स्थापना भई २०५३ सालमा जिल्ला वन कार्यालय दाङबाट राप्ती सामुदायिक वन उपभोक्ता समूहको नाममा हस्तान्तरण भएको सामुदायिक वनको पूर्व गनाह खोला, पश्चिम भालुखोला, उत्तर स्यानीघोषको ठूले क्षेत्र र दक्षिणमा राप्ती नदी र आवादी चार किल्लाभित्र एक हजार एक सय ८६ हेक्टर क्षेत्रफल भूगोल उक्त सामुदायिक वनले ओगटेको छ । वनले भालुवाङ बजार, बगासोती गाउँ, खर्क गाउँ, माछिताल गाउँ, चैते ९ शान्तिपुर गाउँ र थरुनी गाडे गाउँका ६ सय ९२ घरधुरीका ४ हजार उपभोक्ताहरु आवद्ध रहेका छन् । त्यसमध्येमा १ सय १० घरधुरीका उपभोक्ताहरुकाके छुट्टै वनको माग गर्दै आएका छन् ।
यसै बिच प्रस्तावीत पिपलछहारी सामुदायिक वन तदर्थ समितिको सोमवार बसेको बैठकले राप्ती सामुदायिक वन सँग अलग हुने पुरानै माग दोहो¥याएको छ । प्रस्तावित सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद पोख्रेलको अध्यक्षतामा बसेको बैठकले राप्ती सामुदायिक वन सँग जुनसुकै समस्या परे पनि वन अलग नबनाउदा सम्म वनका सवै कानुनी प्रक्रियामा रोक लगाउने निर्णय गरेको छ ।
राप्ती सामुदायिक वन समुह पुन : फुटको संघारमा
प्रकाशित मिति : २०७५ असार २० गते बुधवार
प्रतिक्रिया