
तुलसीपुर, ३ फागुन । नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय कोषाध्यक्ष सुदिप श्रेष्ठले अनुसाशित,मर्यादित र सम्मानित पेशाका रुपमा स्थापित गर्न व्यवसायीहरुलाई सचेतानामुलक तथा क्षमता विकास सम्बन्धी तालिम सन्चालन गर्ने बताउनु भएको छ । व्यवसायीको हितमा कानुनी शिक्षा तथा क्षमता अभिबृद्धि सम्बन्धी तालिमको माग भईरहेको बताउदै व्यवसायीहरुको चाहानालाई पुरा गरिने उहाले बताउनु भएको छ । तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघको आज शनिवार तुलसीपुरमा भएको १५ औँ साधारणसभा तथा सातौँ अधिवेशनको उदघाटन गर्दै श्रेष्ठले यस्तो बताउनु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका कोषाध्यक्ष श्रेष्ठले सरकारले सुनचाँदी व्यवसायी माथी बढि निगरानी गर्ने भएको हुदा व्यवसायीहरुले व्यापार गर्दा खरिद, विक्रि र स्टक रहेको सामानको लेखाजोखा स्पष्ट रुपमा राख्नुपर्ने जोड दिनुभयो । संघका अध्यक्ष हरिकृष्ण विकको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघ लुम्विनी प्रदेश सभापति धुव्रराज गहतराजले व्यवसायीहरुलाई सचेतना तालिमको आबश्यक रहेको बताउनु भएको छ । साथै उहाले व्यवसायीहरुको मागलाई मध्येनजर गर्दै प्रदेश सरकार संग तालिम सन्चालनका लागी पहल भई रहेको बताउनु भयो ।
सो अवसरमा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्यहरु लोक बहादुर स्वर्णकार, मदन केसी,घोराही सुनचाँदी व्यवसायी संघका महासचिव मान बहादुर सेरपाईली, तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघका सल्लाहकार मिनराज ओलि लगाएतले बोल्नु भएको थियो । संघका उपाध्यक्ष मनोज शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा महासचिव तुलसीराम सुनारले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष पुस्कर सुनारले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण संघका महासचिव तुलसीराम सुनारले गर्नुभएको थियो । साथै संघको बन्दसत्रले नयाँ नेतृत्व चयन गरी यहि फागुन १० गते पदाधिकारीको नाम सार्वजनिक गर्ने तयारी भएको निर्वाचन समितिका संयोजक मधुसुधन गौतमले जानकारी दिनुभयो ।