तुलसीपुरमा करेन्ट लागेर एकजनाको मृत्यु

तुलसीपुर, १ फागुन ।  दाङको तुलसीपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको कपुरकोट गाउँपालिका–१ लाकु निवासी २१ बर्षीय समिर घर्तीमगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुर–१२ टरिगै मंगलम बालुवा प्रसोधन उद्योगमा बालुवा लोड गर्न गएको रा १ क १५६६ नम्बरको टिप्पर कम्पाउण्ड एरियाभित्र रोखी राखेको अवस्थामा ढालामा चडेर हेर्ने क्रममा आज दिउँसो साढे ३ बजेको समयमा मेन लाइनमा छुदा करेन्ट लागेर उनी गम्भिर घाइते भएका थिए ।

घाइते घर्तीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा सवा ४ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । टिप्पर चालक तुलसीपुर–१६ मानपरका ४० बर्षीय श्रीराम चौधरी र गाडी साहु तुलसीपुर–१९ का २९ बर्षीय घर्तीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ फाल्गुन १ गते बिहिवार
प्रतिक्रिया