फोनिज दाङको १० औँ अधिवेशन

पत्रकारहरुले विज्ञान र प्रविधिलाई सही सदुपयोग गर्नुपर्नेमा जोड

तुलसीपुर, १ फागुण । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) दाङ को १० औँ अधिवेशन तुलसीपुरमा भएको छ । फोनिज दाङका अध्यक्ष प्रेम बहादुर राम्जाको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सविन प्रियासनको प्रमुख आतिथ्यतामा अधिवेशन भएको हो ।

अधिवेशनलाई सम्बोधन गर्दै केन्द्रिय सचिव प्रियासनले विज्ञान र प्रविधिको विकासले आधिकारिक र अनाधिकारिक संचार माध्यम र पत्रकार छुट्याउने वेला आएको बताउनु भयो । भाइरल हुन तथा भिउजका आधारमा धेरै रकम आर्जन गर्ने उद्देश्यले फेक तथा असत्य सुचना सचामार संप्रेशन गर्ने परिपाटीको होडवाजी नै चलेको भन्दै उहाँले सत्य, तथ्य र प्रमाणमा आधारित रहेर पत्रकारिता गर्न सुझाव दिनुभयो ।
विज्ञान र प्रविधिको विकास हुनु सकारात्मक पक्ष रहेको भन्दै प्रियासनले त्यसलाई सही तरिकाले सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । पहिले रेडियो, पत्रिका र टेलिभिजनमा प्रसारण तथा प्रकाशन भएपछि मात्रै आधिकारिक र सत्य समाचार हो भन्ने सोच थियो भने अहिले प्रविधिले धेरै नै फड्को मारेको अवस्था रहेको भन्दै यी प्रविधिसँग अप्डेट हुँदै पत्रकारितालाई फराकिलो बनाउँदै लैजानु पर्ने उहाँको भनाइ थियो ।

सो अवसरमा नेपाल पत्रकार महासंघ दाका उपाध्यक्ष नारायणी रजौरे, नेपाल प्रेस युनियन दाका अध्यक्ष सुधासुमन ढकालले प्रेस सेन्टर दाका सचिव दिपक बोहोरा, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश परिषद्का सदस्य यमकला भूषाल, पत्रकार यज्ञ बुढाले समाजमा सकारात्मक सन्देश दिने खालका सत्य, तथ्य समाचार लेख्नुपर्नेमा जोड दिनु भएको थियो ।

यसैविच १० औँ अधिवेशनले दिप्ती शिखा चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमतीका आधारमा चयन गरिएको छ । जसको उपाध्यक्षमा दिपक जि. एम., सचिबमा एच. आर. मगर, सहसचिबमा जयन्ती चौधरी, कोषाध्यक्षमा निता चौधरीलाई चयर गरिएको छ । यस्तै सदस्यहरुमा सरिता चौधरी, प्रेमकुमारी बुढा मगर, सुरक्षा चौधरी, प्रिया चौधरीलाईए चयन गरिएको छ । अधिवेशनले केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधि पनि चयन गरेको छ । जस अनुसार सबिन प्रियासन, जित सागर जि.एम., रिता लामालाई केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधिमा प्रेमबहादुर राम्जा, जयन्ती चौधरी र उदिराम चौधरी चयन भएका छन् ।।

प्रकाशित मिति : २०८१ फाल्गुन १ गते बिहिवार
प्रतिक्रिया