
तुलसीपुर, १ फागुन । आजबाट सुरु हुन लागेको दोस्रो तुलसीपुर महोत्सवको उद्घाटन गर्न उद्योगमन्त्री नआउने भएका छन् । आज मेला उद्घाटन गर्न आउने भनेका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी नआउने भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले जानकारी दिनुभयो । तुलसीपुरमा मन्त्री भण्डारी नआउने खबर माथिल्लो निकायबाट प्राप्त भएको डीएसपी ठकुरीले बताउनुभयो ।
दिउँसो १ बजे महोत्सवको विधिवतरूपमा उद्घाटन गर्नका लागी उद्योगमन्त्री भण्डारी आउने कार्यक्रम रहेको थियो । तर, आज उद्घाटनको मुखमै मन्त्री भण्डारी दाङ नआउने खबर सार्वजनिक भएको हो । मेला मुल आयोजक तुलसीपुर चेम्बर अफ कमर्सले उद्योगमन्त्रीबाट मेला उद्घाटन गर्ने भव्य तयारी गरिरहेका बेला मन्त्री नआउने भएका हुन् ।।
प्रकाशित मिति : २०८१ फाल्गुन १ गते बिहिवार