अमेरिकामा अवैध रुपमा बसेका २० नेपाली स्वदेश फिर्ता

काठमाडौं, ३० माघ ।  अवैध रुपमा बसेको भन्दै अमेरिकाले २० नेपालीलाई स्वदेश फर्काएको छ । डोनाल्ड ट्रम्पले अमेरिकाको सत्ता सम्हालेको २३ दिनसम्ममा अमेरिकाले २० जना नेपालीलाई स्वदेश फर्काइदिएको हो । माघ ७ गतेदेखि हिजोसम्म २० जना नेपालीहरु त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका अध्यागमन विभागले जनाएको छ ।

अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीमा १ हजार ३ सय ६५ जना नेपालीहरु अवैध रुपमा अमेरिकामा बस्दै आएको विवरण सार्वजनिक भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयकी प्रवक्ता सीता परियारका अनुसार १ महिला र १९ पुरुष गरी जम्मा २० जना नेपालीहरुलाई अमेरिकाले स्वदेश फर्काइसकेको छ ।।

प्रकाशित मिति : २०८१ माघ ३० गते बुधवार
प्रतिक्रिया