सगरमाथा स्कुलमा निस्शुल्क दन्त शिविर सम्पन्न

तुलसीपुर, ३० माघ । सगरमाथा बालबाटिका इङलिस स्कुल तुलसीपुर ९, बेलुवामा मंगलबार निःशुल्क दन्त शिविर भएको छ ।तुलसीपुर ५ क’ लाइनमा अवस्थित बिआर डेन्टल हस्पिटलको प्राबिधिक सहयोगमा विद्यालयमा प्रत्येक वर्ष झै यो वर्ष पनि १८ औ वार्षिकोत्सबको अवसरमा उक्त शिविरको आयोजना गरेको विद्यालयले जनाएको छ। डाक्टर भुवनेश्वर भुसालको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुको लागि शिविर सम्पन्न भएको विद्यालयका कार्यक्रम प्रमुख शरद शर्मा मज्गैयाले जानकारी दिनु भयो। कार्यक्रममा डाक्टर भुवनेश्वर भुसालले दाँतलाई कसरी र किन स्वास्थ्य राख्न पर्छ भन्ने बारे जानकारी दिनु भयो।

विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीले दाँतको स्वास्थ्यले मानव स्वास्थ्यका साथै सौन्दर्यता पनि जोडेको हुँदा बालबालिकाहरूलाई यस किसिमको कार्यक्रम विद्यालयमा आवस्यक भएको बताउनु भयो। स्वस्थ दाँत भए मात्र स्वस्थ जीवन अनि स्वस्थ मुस्कान हुन्छ भन्दै सम्पूर्ण विद्यार्थीहरुलाई सफा दाँत राख्न प्रेरित गर्नु भएको थियो। विद्यालय विद्यार्थीहरुको स्वस्थ्य प्रति सदैब सचेत र संवेदनशील भएको बताउनु भयो। साथै उक्त शिविरमा आउनु भएका स्वास्थ्य सहयोगी सरु केसी, सिमा चौधरी, संगम केसी र हस्पिटल परिवार प्रति आभर प्रकट गर्नु भयो।।

प्रकाशित मिति : २०८१ माघ ३० गते बुधवार
प्रतिक्रिया