जनप्रतिनिधि लगाम बिनाका घोडा भए : खड्का

तुलसीपुर, १९ असाढ

नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता टीकाराम खड्काले स्थानीय तहमा जितेका जनप्रतिनिधिहरु लगाम विनाको घोडा जस्तो भएको बताएका छन् । पार्टीसंग कुनै समन्वय नगरेर मनलाग्दी तवरले काम गरेको भन्दै पार्टीले त्यसको समिक्षा गर्ने बताए । बबई गाउँपालिका र गढवा गाँउँपालिकाले मात्रै पार्टीसंग समन्वय गरेको भन्दै नेता खड्काले तुलसीपुर उपमहानगरपालिकाले पनि खासै चित्त बुझदो काम नगरेको बताए । रेडियो प्रकृतिसंगको विशेष कुराकानीमा नेता खड्काले घोराही उपमहानगरपालिका र लमही नगरपालिका पूर्ण रुपमा पार्टीलाइृ व्यवास्ता गरेको भन्दै आक्रोश पोखे । नेता खड्काले भने ‘अहिले पनि पार्टीले टिकट दिएर जितेका हुन , पछि पनि टिकटको आवश्यकता पर्ने होलानी ?’

प्रकाशित मिति : २०७५ असार १९ गते मङ्गलवार
प्रतिक्रिया