सुनको भाउ १ लाख ७० हजार रुपैयाँ नाघ्यो

काठमाण्डौं,२९ माघ । आज सुनको भाउ ६ सय रुपैयाँले बढेको छ । सुनको भाउ तोलाको एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ६९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय सुनको भाउ लगातार बढिरहेको छ त्यस्तै, आज चाँदीको भाउ भने घटेको छ । आज चाँदीको भाउ ३० रुपैयाँले घटेर तोलाको एक हजार नौ सय ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ २९ गते मङ्गलवार
प्रतिक्रिया