जवरजस्ती करणी गरेको अभियोगमा तिन जना पक्राउ

दाङ, १९ असार । जिल्ला प्रहरी कार्यालय प्युठानले जवरजस्ती करणी गरेको अभियोगमा तिन जनालाई पक्राउ गरेको छ । उनीहरुले प्युठानकी एक महिलालाई साँझको समयमा बाँसको झारीमा लगेर सामुहिक करणी गरी फरार भएका थिए । घटना गएको जेठ ९ गते हो । उनीहरुले करणी गरेको थाहा पाए पछि प्रहरीले पिडित महिलालाई उद्धार गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।
पिडितले करणी गर्ने व्यक्तिहरुलाई नचिनेको बताएपछि प्रहरीले सुराकी लगाएर उनीहरुको पहिचान गरी पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा प्युठान जिल्लाकै भएपनि उनीहरुको नाम र ठेगाना गोप्य राखेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपि राजेन्द्र पोख्रेलले जानकारी दिएका छन् ।उनका अनुसार एक जनालाई काठमाडौबाट, एक जनालाई बर्दियाबाट, र एक जनालाई रोल्पाबाट पक्राउ गरीएको हो । प्रहरीका अनुसार उनीहरुले मापसे गरेर महिलालाई करणी प्रहरी सामु स्वीकार गरी सकेका छन् ।

प्रकाशित मिति : २०७५ असार १९ गते मङ्गलवार
प्रतिक्रिया