तुलसीपुर–घोराही सडक बन्द

तुलसीपुर–घोराही सडक अवरुद्ध हुँदा आवतजावत ठप्प भएको छ । आइतबार तुलसीपुरको हात्तिखौवा चोक नजिकै ट्रकको ठक्करबाट तुलसीपुर– ७ घुसेरीका ५६ वर्षिय जंग बहादुर चौधरीको मृत्यु भएको थियो । ट्रकको ठक्करबाट चौधरीको मृत्यु भएपछि दोषिलाई कार्बाही र उचित क्षतिपुर्तिको मागसहित आफन्तले आज बिहानदेखि सडक अवरुद्ध पारेका थिए । बिहान केहिबेर सुचारु भएको सडक अहिले फेरि अवरुद्ध पारिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतकका आफन्तसंग इलाका प्रहरी कार्यालयमा आवश्यक छलफल भइरहेको छ । शान्तिपूर्ण ढंगले समस्या समाधान गर्ने गरी मृतकका छोरा बाबुराम चौधरी , आफन्त साउने चौधरी, जनप्रतिनिधि, पिडक पक्ष , प्रहरीबिच छलफल चलिरहेको प्रहरीको भनाइ छ ।

तुलसीपुर–६ हात्तिखौवा चोक नजिकै आइतबार दिउँसो ३ बजेतिर घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ६ ख ५९२२ नम्बरको ट्रकले लु.प्र.०२-००१ प २८३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक तुलसीपुर–७ का ४७ वर्षिय तीर्थ बहादुर खत्री गम्भिर घाइते हुनुभएको छ । ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ का ४५ वर्षिय जयराम अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।।

प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार
प्रतिक्रिया