तुलसीपुर १९ असार ।सल्यानमा गएराती मिनिट्रक दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने १ जना गम्भीर घाइते भएका छन्। तुलसीपुरबाट सल्यान तर्फ जादै गरेको ना ५ ख ७६४५ नम्बरको मिनिट्रक कपुरकोट गाउँपालिका ३ चोरखोलामा राती १० वजेतिर दुर्घटना हुदा सवार बागचौर नगरपालिका ९ कोटमौला निवासी अन्दाजी ३५ वर्षीय गोरख डाँगीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
यस्तै दुर्घटनामा परी दाङको घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर निवासी अन्दाजी ४० वर्षिय गोविन्द चौधरी घाइते भएका छन् । उनलाई थप उपचारका लागी कोहलपुर रिफर गरीएको छ । दुर्घटना हुनुको कारण खुल्न नसकेपनि ट्रक सडकदेखि करिब एक सय मिटर तल खसेको थियो ।
प्रकाशित मिति : २०७५ असार १९ गते मङ्गलवार