२०८२ माघ ११ गते आइतवार

गौतम र खड्काद्धारा अस्पताललाई भित्ते घडी सहयोग

तुलसीपुर, १८ असार । राप्ती आँखा अस्पताल रक्षाचौरलाई दुई जना समाजसेवीले दुई वटा भित्ते घडि सहयोग गरेका छन् । सहयोग गर्नेमा तुलसीपुर–४ रक्षाचौर निवासी ध्रुव गौतम र प्रणवकुमार खड्का रहेका छन् । उनीहरुले छ हजार रुपैया मुल्य बराबरको एक÷एक वटा भित्ते घडी सहयोग गरेको अस्पतालका वाह्यकार्यक्रम सहसंयोजक विष्णु खनालले जानकारी दिएका छन् । उक्त घडि सोमवार एक कार्यक्रमको आयोजना गरी अस्पतालका प्रशासकिय अधिकृत जसराज विक र नेत्रअधिकृत शालिकराम गौतमलाई हस्तान्तरण गरीएको हो ।

सहयोग सामग्री हस्तान्तरण गदै द्वय खड्का र गौतमले अस्पताललाई निरन्तर सहयोग गर्ने पनि बताएका थिए । उनीहरुले यस अघि रकमको अभावका कारण आँखाको मोतिविन्दुको कारण उपचार सेवा नपाएका विरामीहरुलाई पनि अस्पतालमा ल्याई मोतिविन्दुको अप्रेसन गरी विभिन्न समयमा विभिन्न व्यक्तिहरुलाई नयाँ दृष्टि दिने काम गरेको अस्पतालका सूचना अधिकारी बालाराम खड्काले बताए । सो अवसरमा नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालले सहयोगी दाताहरुलाई धन्यवाद समेत दिएको छ । अस्पतालका प्रशासकिय अधिकृत जसराज विकले सहयोगी मन भएका सवैले अस्पतालको विकाशका लागि सक्दो सहयोग गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २०७५ असार १८ गते सोमवार
प्रतिक्रिया