तुलसीपुर, १८ असार ।
रोट्रयाक्ट क्लव अफ तुलसीपुरको अध्यक्षमा युवा व्यबसायी तथा पूर्व क्रिकेटर रुपेश शर्मा चयन भएका छन्। । तुलसीपुरमा भएको पाचौ पद हस्तान्तरण कार्यक्रममा शर्मालाई सर्वसम्मत चयन गरिएको हो । अध्यक्ष सचिन पौडेलले रोट्रयाक्ट चेन हस्तान्तरण गरेर शर्मालाई कार्यभार सुम्पेका हुन् । सन् २०१८÷१९ का लागि चयन भएको कार्यसमितिको भावि अध्यक्षमा नबिन राई उपाध्यक्षमा सन्दिप बिक्रम राणा, प्रमिस लामिछाने, रन्जन सिंह , सुनिल श्रेष्ठ र हेमेन्द्र खड्का रहेका छन् ।
त्यसैगरी एक वर्षका लागि चुनिएको कार्यसमितिको महासचिवमा हेमराज बस्नेत, कोषाध्यक्षमा कमल डांगी, सहसचिवमा नारायण गौतम रहेका छन् । त्यसैगरी डाइरेक्टरहरुमा सुरजजंग रायमाझी, भिगोर कोजी, अर्जुन न्यौपाने, प्रभेश श्रेष्ठ, दुर्गा खड्का र मर्यादापालकमा प्रबिण अधिकारी रहेका छन् ।
क्लबका प्रस्तावित अध्यक्ष नबिन राईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि रोटरी ईन्टर्नेशनल डिस्ट्रिक ३२९२ जोन १८ वर्ष २०१७÷१८ का असिस्टेन्ट गभर्नर कुशल तर्ताल, बिशिष्ठ अतिथी रोटरी वर्ष २०१७÷१८ का अध्यक्ष तुफानबाबु श्रेष्ठ, तुलसीपुर नगर जेसिसका अध्यक्ष दिपेश भण्डारी, रोट्रयाक्ट क्लब अफ तुलसीपुरका संस्थापक अध्यक्ष बिनिल केसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा वर्ष २०१७÷१८ को आफ्नो कार्यकालमा सहयोग पुर्याउने सबैप्रति आभार प्रकट गर्दै अध्यक्ष सचिन पौडेलले मायाको चिनो प्रदान गर्नु भएको थियो ।
क्लबका उपाध्यक्ष प्रमिश लामिछानेले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रमको सहजिकरण सहसचिव कमल डांगीले गर्नुभएको थियो । सोही अवसरमा रोटरी क्लब अफ तुलसीपुर सिटीका पूर्व अध्यक्ष बिमल रिजाललाई समाजसेवाको मार्ग अबलम्बन गर्दै युवा पुस्ताको मार्गदर्शक साथै अभिभाबकत्वको कर्तव्यबोध गरी नमुना अञ्चल अस्पताल सरसफाई अभियानमा र्पुयाउनु भएको अतुलनिय योगदानको उच्च मुल्याङ्कन गर्दै क्लबले सम्मानपत्र प्रदान गरेको थियो ।
कार्यक्रममा नवनिर्वा्चित अध्यक्ष रुपेश शर्मालाई क्लबका संस्थापक अध्यक्ष बिनिल केसीले सपथ खुवाउनु भएको थियो भने अध्यक्ष शर्माले आफ्नो टिमका नवनिर्वा्चित पढाधिकारीहरुलाई शपथ ग्रहण गराए संगै प्रमाणपत्र पनि प्रदान गर्नु भएको थियो साथै उहाँले आफ्नो कार्यकाल वर्ष २०१८÷१९ मा गरिने कार्यहरुको संक्षिप्तमा प्रकाश पार्नु भएको थियो ।