तुलसीपुरमा नेविसंघद्धारा दुई सरकारी गाडीमा तोडफोड,एक जना प्रहरीको नियन्त्रणमा

तुलसीपुर,१७ असार ।
नेपाल विद्यार्थि संघले तुलसीपुरमा दुई वडा सरकारी गाडिमा तोडफोड गरेको छ । पेट्रोलियम पदार्थको मुल्य बृद्धिको विरुद्धमा उत्रिएको नेविसंघले आज सरकारी गाडी बन्द गरेको थियो । तर बन्दको अवज्ञा गरेको भन्दै उनिहरुले दुई वडा गाडिमा तोडफोड गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

उनिहरुले जिल्ला प्राविधिक कार्यालय रुकुमको बा १ झ ८४२२ र अदुवा वाली विकास कार्यक्रम कपुरकोटको बा २ झ ३०७७ नम्बरको गाडीमा तोडफोड गरेको डिएसपी प्रकाश सापकोटाले बताएका छन । तुलसीपुरको टेलिकम अगाडी र तुलसीपुर उद्योग बाणिज्य संघ नजिक दिउसो १ बजे तिर गाडिमा तोडफोड भएको थियो ।

तोडफोडबाट गाडीको सिसा फुटेको र एक जनालाई नियन्त्रणमा लिएको डिएसपी सापकोटाले बताए । नेविसंघका कार्यकर्ता प्रकाश चौधरीको प्रहरीको नियन्त्रणमा रहेका छन ।

प्रकाशित मिति : २०७५ असार १७ गते आइतवार
प्रतिक्रिया