तुलसीपुर, १७ असार । अपाङगता भएका ब्यक्तिहरुका लागि तुलसीपुरमा आयोजना गरीएको दुई दिने शिविरबाट ९४ जनाले अपाङगता परिचय पत्र बनाएका छन् । तुलसीपुर उपमहानगरपालिका स्तरिय अपाङग समन्वय समितिको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोग एवं महिला तथा बालबालिका कार्यालयको प्राविधिक सहयोगमा शुक्रवार र शनिवार गरी दुई सम्म राप्ती अन्चल अस्पताल तुलसीपुरमा सन्चालन गरीएको थियो ।
शिविरमा नगरका १९ वटा वडाका अपाङगता भएका व्यक्तिहरुको सहभागित रहेको समितिका संयोजक दोलक बहादुर खत्रीले जनाकारी दिएका छन् । उनका अनुसार ४८ महिला र पुरुष ४६ जनाले विभिन्न वर्गको परिचय पत्र बनाएका छन् । जसमा ८ जनाले क वर्गको रातो कार्ड बनाएका छन् ।
उनीहरुले अव मासीक दुई हजार भत्ता पाउनेछन् । यस्तै २२ जनाले ख वर्गको निलो कार्ड बनाएका छन् उनीहरुले पनि मासीक ६ सय भत्ता पाउनेछन् । यस्तैगरी ग बर्गको पहेलो कार्ड ३८ र घ वर्गको सेतो कार्ड २६ जनाले पाएका छन् । ग र घ बर्गको कार्ड पाएकाले राज्यबाट पाउनु पर्ने भत्ता बाहेक अन्य सुविधा तथा छुट पाउने महिला तथा बालविकाका कार्यालयका प्रमुख विश्वमणि जोसीले बताएका छिन् ।
शिविरमा डेढ सय भन्दा वढिको सहभागिता भएपनि ९४ जनालाई वडा कार्यालयको सिफारिस, अपाङगता भएका व्यक्तिको नागरिकता वा जन्मदर्ताको आधारमा विभिन्न वर्ग परिचय पत्र वितरण गरीएको हो । साथै शिविरमा ३ जनाको स्तरोन्नती गरीएको छ । सो अवसरमा बासुदेव रिजाल, डाक्टर सुनिल महर्जन, लगाएत महिला तथा बालवालिका कार्यालयको टिमको सक्रियतामा सफतला पुर्व शिविर सम्पन्न भएको समितिका महासचिव देवा डाँगीले जानकारी दिएकी छिन् ।