तुलसीपुर, १६ असाढ / दाङको दुई स्थानीय तह सहति देशका विभिन्न ९ स्थानीय तहले केन्द्र र नाम परिर्वन गर्न नपाउने भएका छन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैशाख २३ मा गरेको परिपत्रमा स्थानीय तहले म्याद गुजारेर केन्द्र र नाम परिवर्तन गर्ने निर्णय गरेकाले कानुनी रुपमा नमिल्ने बताएको हो ।
स्थानीय तहको निर्वाचन भएको मितिले ६ महिना भित्र केन्द्र वा नाम परिवर्त गर्न सक्ने कानुनी व्यवस्था छ । शान्ति नगर गाउँपालिकाको दोस्रो गाउँ सभाले एक दिनपछि १४ पौष २०७४ मा शान्ति सामुदायिक वनको पाँच विघाह वन क्षेत्रमा गाउँपालिका सार्ने निर्णय गरेको थियो ।
त्यसैगरी दाङकै राजपुर गाउँपालिका, भागेश्वर गाउँपालिका डडेलधुरा, पुथा गाउँपालिका उत्तरगंगा रुकुम पूर्व, रोड गाउँपालिका इलाम, गौरीशंकर गाउँपालिका दोलखा, धार्चे गाउँपालिका गोर्खा, भूमिकास्थान नगरपालिका अर्घखाँची र फाल्गुनन्द गाउँपालिका पाँचथर पनि, छ महिना पछि निर्णय गर्ने स्थानीय तहको सूचिमा परेका छन् ।
शान्तिनगर गाउँपालिकाको केन्द्र सार्ने निर्णका विरुद्ध उच्च अदालत तुलसीपुरमा पौष २६ गते रिट परेको थियो ।
मीनबहादुर केसी लगाएतकाले दायर गरेको रिटमा सुनुवाई गर्दै उच्च अदालतले पहिलो पटक ३० पौष २०७४ र दोस्रो पटक ८ माघ २०७४ मा गाउँपालिको केन्द्र सार्ने सो निर्णय हाल कार्यान्वयन नगर्न नगराउन भनि अन्तरिम आदेश जारी गरेको थियो । हालको शान्तिनगर गाउँपालिकाको कार्यालय रहेको स्थान, भौतिक संरचना प्रयाप्त र शान्तिसुरक्षाको दृष्टिकोणले पनि उपयुक्त रहेकाले अन्यत्र नसार्न स्थानीयले चर्कोरुपमा विरोध गर्दै आइरहेका छन् ।
गाउँपालिकाको केन्द्र सार्न नमिल्ने परिपत्र !
प्रकाशित मिति : २०७५ असार १६ गते शनिवार
प्रतिक्रिया