तुलसीपुर बजार असुरक्षित बन्दै, दिनदहाडै शिक्षक लुटिए

तुलसीपुर, १५ माघ ।  दाङको तुलसीपुरमा एकजना शिक्षक दिनदहाडै लुटिएका छन् । सल्यान घर भई अहिले तुलसीपुरको टरिगाउँमा बस्दै आएका टोपलाल बिक दिउँसै तुलसीपुरको व्यस्त बजारमै लुटिएका हुन् । तुलसीपुरको सप्तरंगी बोर्डीङ स्कुलमा पढाउदै आएका बिकले टरिगाउँबाट बिद्यालय जादै गरेको अवस्थामा तुलसीपुर बजारमा आज बिहान युवाहरुको समुहले लुटपाट गरेको बताउनुभयो । ‘बिहान साढे ९ बजेको थियो, उहाँले भन्नुभयो’,–स्कुलतर्फ पैदल जादै थिए, तुलसीपुरको बाहिनि अड्डा नजिकै पुगेको थिए । पछाडीबाट रोक भन्ने आवाज आयो, फर्केर हेर्दा दुईजा अलि पर थिए, ३ जना केटाहरु मेरो नजिकै आएर पैसा निकाल भने, अनि मैले मसँग पैसा छैन भने एकजनाले चक्कु निकाल्यो अर्कोले मेरो गोजीमा हात हालेर मसँग भएको ५ हजार लग्यो र सबैजना भागे ।’

लुटेराहरुको समुहले आफुलाई धम्काएर ५ हजार रुपैया लिएको उहाँको भनाई छ । चक्कु देखाएपछी ज्यान नै खतरामा पर्ने देखेर एकछिन होसै बन्द भएको महसुस भएको उहाँले बताउनुभयो । जसले गर्दा आफुले केहीपनि भेउ नपाएको उहाँले बताउनुभयो । दिउँसै तुलसीपुर बजारमा यस्तो घटना होला भनेर कल्पना पनि नगरेर आफ्नै सुरमा हिडेको अवस्थामा यस्तो हुनु दुखद रहेको भन्दै उहाँले लुटेराहरुलाई कारवाही हुनुपर्ने बताउनुभयो । यता इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले भने यस घटनाबारे प्रहरीलाई जानकारी नआएको बताउनुभएको छ । पिडितलाई कार्यालयमा पठाईदिन आग्रह गर्दै डीएसपी ठकुरीले घटनाबारे बुझेर आवश्यक खोजतलास तथा कारवाही प्रकृया अगाडी बढाउने बताउनुभयो ।।

प्रकाशित मिति : २०८१ माघ १५ गते मङ्गलवार
प्रतिक्रिया