रोटरी क्लबको अध्यक्षमा श्रेष्ठ निर्वाचित

तुलसीपुर,१६ असार ।
रोटरी क्लब अफ तुलसीपुर सिटिको अध्यक्षमा ब्यबसायि राजेन्द्रप्रसाद श्रेष्ठ निर्वाचित भएका छन । बष २०१८÷२०१९ का लागि उनि अध्यक्षमा निर्वाचित भएका हुन । यस्तै क्लवको भावि अध्यक्षमा देव बहादुर केसी, प्रस्तावित अध्यक्ष शुरेस हमाल,उपाध्यक्षमा यज्ञ बहादुर केसी,शिव प्रसाद श्रेष्ठ र पवन योगि निर्वाचित भएका छन ।

यस्तै महासचिबमा विनिल केसी,सह सचिवमा दुर्गा बहादुर केसी र कोषाध्यक्षमा सन्दीपन रिजाल निर्वाचित भएका छन । क्लवको निर्देशकमा राजिव वली,डा.सुवोध कमाुर शर्मा,रसिल थापा,मनोज बस्नेत र उज्ववल श्रेष्ठ निर्वाचित भएका छन । यस्तै, मर्यादापालकमा देवेन्द्र केसी सम्पादकमा विष्णु कमाुरी केसी निर्वाचित भएका छन ।

क्लवका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षता तथा तुलसीपुर उपमहानगरका नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा क्लबको पदस्थापन तथा सपथ कार्यक्रम सम्पन भएको थियो । शुक्रबार अबेर सम्पन्न भएको कार्यक्रममा बोल्दै क्लवका निवर्तमान अध्यक्ष तुफानबावु श्रेष्ठले आफ्नो कार्यकाल सफल बनाउन भुमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

सामाजिक कामहरुमा क्लवले महत्वपुर्ण भुमिका खेल्ने हुदा सहकार्य गरेर अघि बढ्न नवनिर्वाचित पदाधिकारीलाई आग्रह गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशिल सङघ सस्थाहरुको समेत सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०७५ असार १६ गते शनिवार
प्रतिक्रिया