काठमाडौं,१५ असार ।
आमासँग दिदीको नाता लगाएर नजिक भइ छोरीलाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको विराटनगर–२ का ३४ वर्षीय ज्योति श्रेष्ठ छन् । महानगरीय प्रहरी वृत्त, गौशालाका अनुसार श्रेष्ठले बलात्कृत १६ वर्षीय किशोरीकी आमालाई ५ वर्षदेखि दिदी भन्दै आएका थिए ।
त्यसकै फाइदा उठाएर काठमाडौंको गौशालामा सँगै बस्दै आएका श्रेष्ठले घरमा कोही नभएको मौका पारेर युवतीलाई बलात्कार गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ । प्रहरीका अनुसार श्रेष्ठले त्यो कुरा आमालाई भने ज्यान मार्ने धम्की दिएका थिए ।
वृत्तका डिएसपी अनुपम श्रेष्ठले काठमाडौं–८, गुहेश्वरीबाट ज्योतिलार्इ पक्राउ गरेर जबरजस्तीकरणी मुद्दामा म्याद थप गरी विस्तृत अनुसन्धान थालिएको बताए ।
प्रकाशित मिति : २०७५ असार १५ गते शुक्रवार