
सल्यान,१२ माघ । सल्यानका झन्डै १३ हजार किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी ह्युमन प्यापीलोमा भाइरस विरुद्धको एचपिभी खोप लगाइने भएको छ । १० देखि १४ वर्ष उमेर समूहका १२ हजार ९ सय ३८ जना किशोरीहरुलाई यो खोप लगाउन लागिएको हो । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार १० पालिकाका २ सय ३७ खोप केन्द्रबाट अभियान सञ्चालन गरेर खोप दिइने भएको छ ।
खोप कार्यक्रम माघ २२ गतेदेखि फागुन ६ सम्म सञ्चालन हुनेछ । विद्यालय जाने कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने किशोरी र बिद्यालय नजाने किशोरीहरूलाई लक्षित गरी खोप लगाउन लागिएको स्वास्थ्य सेवा कार्यलय सल्यानका प्रमख डा.अर्जुन बुढामगरले जानकारी दिनुभयो । उहाँका अनुसार खोप केन्द्रमा २ सय ५० स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरिने छ ।
प्रकाशित मिति : २०८१ माघ १२ गते शनिवार