डीएसपी ठाकुर पोख्रेलसहित ३७ जना डीएसपीहरु एसपीमा बढुवा सिफारिस

काठमाडौँ, १२ माघ ।  नेपाल प्रहरीका जनपद समूहतर्फका ३७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूलाई उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ । नक्साल स्थित प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले सिफारिस सूचि प्रकाशन गरेको हो । सिफारिस सूचिको पहिलो नम्बरमा डीएसपी कुलदीप चन्द रहनुभएको छ ।

त्यसपछी सिफारिस हुनेमा सुमित खड्का, ठाकुर प्रसाद पोखरेल, मनोहर प्रसाद भट्ट, दिपक गिरी, नवीन कृष्ण भण्डारी, तिलक भारती, केशव कुमार थेवे, सुर्य खड्का, दिपक श्रेष्ठ, प्रेम बहादुर शाही, टेक बहादुर कार्की क्षेत्री, फणीन्द्र प्रसाईँ र शरत कुमार थापा क्षेत्री, युवराज खड्का, राजन चापागाईँ, किशोर कुमार श्रेष्ठ, मुकुन्द प्रसाद रिजाल, पवन कुमार भट्टराई, रवीन्द्र नाथ पौडेल, दान बहादुर थापा, सुदिप राज पाठक, निशान थापा, कवित कटवाल, रामेश्वर पौडेल, रुकेश तन्डुकार, दधिराम न्यौपाने र नवीन कार्की हनुभएको छ ।

सिफारिस हुने अन्य अधिकृतहरूमा श्याम कुमार सारुमगर, नरेन्द्र कुँवर, नारायण प्रसाद अधिकारी, भेषराज रिजाल, निर्मल बुढाथोकी, नवराज मल्ल, डिल्ली नारायण श्रेष्ठ, लालध्वज सुवेदी र रुगम बहादुर कुँवर हुनुहुन्छ ।।

प्रकाशित मिति : २०८१ माघ १२ गते शनिवार
प्रतिक्रिया