
तुलसीपुर, ९ माघ । दाङको तुलसीपुरमा एकजना होटल व्यवसायीमाथी कुटपिट भएको छ । तुलसीपुर–३ राम्रीमा रहेको ड्रिम वाटर एण्ड लजका सञ्चालक द्रोण आचार्यमाथी गएराती कुटपिट भएको हो । तुलसीपुर होटल व्यवसायी समितिका उपाध्यक्षसमेत रहेका आचार्यमाथि आफ्नै होटलमा दुईजना युवाहरुले धारिलो हतियार (ग्रासी) प्रहार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
घटनालगत्तै इप्रका तुलसीपुरका डीएसपी अनिल ठकुरीको कमान्डमा गएको प्रहरी टोलीले घटनामा संलग्न तुलसीपुर–९ बेलुवाका रमेश सापकोटा र तुलसीपुर–३ राम्रीका मुकुन्द सापकोटालाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी ठकुरीले बताउनुभएको छ ।।
प्रकाशित मिति : २०८१ माघ ९ गते बुधवार