तुलसीपुरमा बैङ्कर्षले सिसि टिभि जडानमा सहकार्य गर्ने

तुलसीपुर, ७ माघ । सुन्दर तुलसीपुर सुरक्षित तुलसीपुर अभियान “अन्तर्गत तुलसीपुरका बैंकर्ष र बित्तिय संघ संस्थाहरुका प्रमुखहरुसंग सोमबार तुलसीपुर उद्योग बाणिज्य संघले छलफल गरेको छ । सो अबसरमा बैँकका प्रमुखहरुले सिएसआर अन्तर्गतको बजेट सिसि क्यामरा र सुरक्षाको शिर्षकमा लगाउने प्रतिबद्दता ब्यक्त गरेका छन् ।

बैठकमा राष्ट्रिय बाणिज्य बैँक तुलसीपुरका प्रबन्धक बिनोद पाण्डेले सामाजिक उत्तरदायित्वको बजेट सुरक्षामा लगाउदा आफ्नो पनि सुरक्षा हुने र जनताको सुरक्षामा पनि मदत पुग्ने बताउनु भयो । उहाँले पहिलो पटक उद्योग बाणिज्य संघले सबैसंग परिचय हुने र सुरक्षा जस्तो संवेदनशील काममा हातेमालो गर्ने अबसरको खोजी गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिनिल केसिको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष केसीले सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम र निजि क्षेत्रको सहकार्यबाट सबै नाकाहरुमा स्तरिय सिसिटिभि क्यामरा जडान गर्न यो अभियान अघि सारेको बताउनु भयो । ईलाका प्रशासन, प्रहरी कार्यालय र लुम्बिनि प्रदेश प्रहरी कार्यालयसंगको सहकार्यमा सम्भावित क्षेत्रहरुको छनौट भैरहेको भन्दै अध्यक्ष केसीले क्यामराहरु जडान गर्न पहिलो चरणमा बैङ्कर्षहरुसंग छलफल गरेको बताउनु भयो। उहाँले लुम्बिनी प्रदेशका निबर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरिको पनि सिसि क्यमरा जडान र थप हाईमाष्ट लाईटहरु जडानका लागि ध्याणाकर्षण गराई सकिएको बताउनु भयो ।

सो अबसरमा बैङ्कर्ष क्लब अफ तुलसीपुरका अध्यक्ष रन्जन कोईरालाले २०७१र७२ मा पनि उधोग बाणिज्य संघको समन्वयमा तुलसीपुरमा पहिलोपटक बजारमा सिसि टिभि जडान गरेको स्मरण गराउदै यस बर्ष पनि आफुहरु सकारात्मक भएको बताउनु भयो ।
सो अबसरमा नबिल बैक तुलसीपुरका प्रमुख सुधिर भण्डारिले निजि क्षेत्र संग सहकार्य गररै अघि बढ्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो । एनआईसि यशिया बैंकका प्रबन्धक राजिव वलीले प्रशासन र उद्योग बाणिज्य संघको आग्रहमा आफुले बैङकको बाहिरी भागमा दुईवटा सिसि क्यामरा जडान गरिसकेको जानकारी दिनुभयो । अहिले सो क्षेत्रमा भएका दुर्घटनाहरु नियमन गर्न ट्राफिक प्रहरिलाई समेत मद्दत पुगेको बताउनुभयो ।

कार्यक्रममा बाणिज्य संघका पुर्ब अध्यक्ष बिमल रिजालले सबैको प्रयासबाट नै सभ्य र सुरक्षित समाज सम्भब हुने बताउनुभयो । उहाले सुरक्षा जस्तो संबेदनसिल कुरामा निजिक्षेत्रले सधै चासो दिदै आएको बताउदै आफु अध्यक्ष भएको समयमा जडान भएका क्यामराहरु बिग्री सक्दा समेत कसैले चासो नदिएको बेला दश बर्ष पछि पनि फेरि उधोग बाणिज्य संघले नै आवाज उठाउनुपर्ने अबस्था सृजना भएको बताउनु भयो । कार्यक्रममा निबर्तमान अध्यक्ष रामप्रसाद चिलिसेले बजारको सुरक्षा गर्नु पहिलो काम भएको भन्दै यो अभियानमा सबै क्षेत्र जोडिनुपर्ने बताउनु भयो । सो अबसरमा बोल्ने बक्ताहरुले उधोग बाणिज्य संघले समसामयिक एजेण्डा उठाएको भन्दै सक्दो सहयोग गर्ने प्रतिबद्दता जनाएका थिए । सुन्दर तुलसीपुर सुरक्षित तुलसीपुर अभियानका संयोजक बिमल गौतमको स्वागत बाट सुरु भएको कार्यक्रममा धन्यबाद ज्ञापन उपाध्यक्ष देबबहादुर केसिले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०८१ माघ ७ गते सोमवार
प्रतिक्रिया