प्रदेश ५ का मुख्यमन्त्री दाङ आउदै

ओमप्रकाश गुप्ता, लमही १४ असार ।

देउखुरीमा यस वर्ष पनि धान दिवस मनाउन थालिएको छ । धान दिवस मनाउन प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेल असार १६ गते दाङ आउने भएका छन् । नेपाल कम्युनिष्ट पार्टीका दुई भातृ संगठन वाइसिएल र युवा संघ नेपालको बुधवार लमहीमा बसेको संयुक्त बैठकले असार १५ र १६ गते दुई दिन देउखुरीको लमही नगरपालिका सतवरियामा धान दिवस मनाउने निर्णय गरेको छ ।

मुख्यमन्त्री पोख्रलद्धारा भने असार १६ गते धान दिवस मनाउने निर्णय भएको नेकपाका भानु जोसीले जानकारी दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर ५ का युवा नेता मनोहर बुढाथोकीको अध्यक्षता एवम् नेकपाका केन्द्रीय सदस्य एवं ५ नम्बर प्रदेशका सांसद इन्द्रजीत थारुको प्रमुख आतिथ्यता र प्रदेश ५ कै सांसद रेवतीरमण शर्माको बिशिष्ट आतिथ्यतामा सो निर्णय भएको हो ।

धान दिवस नेकपाका ५ नम्बर प्रदेश स्तरीय भातृ संगठनहरु युवा संघ नेपाल र वाइसीएलको संयुक्त आयोजनामा मनाउन थालिएको छ । धान दिवसमा संघका सांसद र ५ नम्बर प्रदेशका सबै सांसदको उपस्थिति रहने आयोजकले बताएको छ ।

प्रकाशित मिति : २०७५ असार १४ गते बिहिवार
प्रतिक्रिया