
तीन वर्ष अघिसम्म सुस्त रहेको किसान सूचीकरणको कामले गति लिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार तीन वर्ष अघिसम्म तीन लाख किसान मात्रै सूचीकृत भएका थिए । मन्त्रालयकाअनुसार हाल १९ लाख ५० हजार किसान सूचीकरण प्रणालीमा दर्ता भएका छन् ।
किसानले लिन पाउने सेवासुविधा किसानले नै पाउन् र सूचना तथा विवरणहरूरूमा एकीकृत रुपमा व्यवस्थापन गर्न सकियोस् भनेर, किसान सूचीकरण थालिएको हो । मन्त्रालयकाअनुसार अझै पनि २१ लाख किसान सूचीकरण हुन बाँकी छ । उनीहरूलाई अबको दुई वर्षमा दर्ता गरिसक्ने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले बताउनुभयो । हाल किसानलाई सूचीकरण गर्ने जिम्मा भने सम्बन्धित स्थानीय तहलाई दिइएको छ ।।
प्रकाशित मिति : २०८१ माघ ५ गते शनिवार