तुलसीपुरमा स्कुटि दुर्घटना हुँदा एक युवकको मृत्यु

तुलसीपुर, ३ माघ । दाङको तुलसीपुरमा स्कुटि दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्कुटीमा सवार तुलसीपुर उपमहानगरपालिका ६ का २८ वर्षिय सुदिप चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। तुलसीपुर उपमहानगरपालिका १६ रावतगाउँमा बिजौरीबाट भेलहितर्फ जाँदै गरेको रा ८ प ३१७९ नं को स्कुटी गएराती अनियन्त्रित भइ दुर्घटना भएको थियो।
गम्भीर घाइते चौधरीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको उपचारका पछि थप उपचारको लागि नेपालगन्जको नर्सिङहोममा लगिएको थियो। उहाँको बिहिवार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। स्कुटि र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति : २०८१ माघ ३ गते बिहिवार
प्रतिक्रिया