
काठमाडौं, २ माघ । राष्ट्रिय स्वतनत्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । आज जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा लामिछाने र जीबी राईको संयुक्त रूपमा ५ करोड ८ लाख ६८ हजार ६ सय ३३ रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो । यसअघि कास्की जिल्ला अदालतले पनि उनलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।।
प्रकाशित मिति : २०८१ माघ २ गते बुधवार